Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • थुनामा रहेका कमेडियन अपूर्वको मुद्दा जिल्ला प्रशासनमा पेस गरिँदै

    थुनामा रहेका कमेडियन अपूर्वको मुद्दा जिल्ला प्रशासनमा पेस गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेवारी समुदायको संस्कृतिमाथि चोट पुर्‍याएको भन्दै पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा सोमबार बुझाउने तयारी भएको छ ।

    काठमाडौं प्रहरी स्रोतका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष मुद्दा पेश गर्ने तयारी भएको छ ।



    जाहेरी दिएका नेवारी समुदायका अभियन्ता अपूर्वलाई प्रहरी हिरासतबाट निकाल्न लागि परेपछि अनुसन्धान प्रतिवेदन पेस गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारीले अपूर्वलाई तारेखमा छाड्ने आदेश दिन सक्नेछन् ।



    अपूर्व भदौ १२ गते पक्राउ परेका थिए । मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा व्यवस्था रहेको सामाजकि रीतिस्थितिमा खलल पार्न नहुने कसुरअन्तर्गत अपूर्वलाई १० दिन म्याद लिएर अनुसन्धान सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार