Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवप्रवेशीहरुलाई झलनाथ खनालको आग्रह - पद हुनैपर्छ भनेर पदलोलुपता नदेखाउनुहोला

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नवप्रवेशीहरुलाई पदलोलुपता नदेखाउन आग्रह गरेका छन्।

पार्टी कार्यालयमा जनता समाजवादी पार्टीका कार्यकर्ता रणबहादुर रम्तेललाई पार्टीमा स्वागत गर्दै खनालले यस्तो आग्रह गरेका हुन्।

खनालले भने, ‘पार्टीमा योग्यता र क्षमता अनुसार सबैलाई जिम्मेवारी दिइनेछ। तर यो पद हुनैपर्छ भनेर पदलोलुपता नदेखाउनुहोला।’

विगतमा एमाले रहेका रम्तेल जसपा हुँदै एकीकृत समाजवादी प्रवेश गरेका हुन्।

एमालेको अवसरवादविरुद्ध विद्रोह गरेर एकीकृत समाजवादी गठन भएको भन्दै उनले पार्टी लक्ष्य समाजवादी लोकतन्त्र रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077