Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

उक्त क्षेत्रबाट थापालाई कांग्रेसले एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

क्षेत्रीय कमिटीको बैठकले गगनको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पार्टीका प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

यसअघि महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा नपरेपछि सर्लाहीबाट उनको एकल नाम सिफारिसमा परेको छ ।

यता, आफ्नो नामबारे अन्य क्षेत्रमा चर्चा चलेपनि आफूले काठमाडौं–४ नछाड्ने थापाले बताएका छन् । त्यस्तै, प्रदेश सभातर्फ सर्लाही क्षेत्र नम्बर–४ को (२) बाट मन्त्री सिंहको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077