Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • एक महिनाका लागि बन्द भएको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने

    एक महिनाका लागि बन्द भएको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 942
    SHARES

    फाइल फोटो

    काठमाडौं । मनकामना केबलकार आगामी शनिबार ‘भदौ २५ गते’ देखि सञ्चालनमा आउने भएको छ। केबलकार स्तरोन्नतिका लागि सञ्चालक कम्पनीले एक महिना सेवा बन्द गरेको थियो।

    केबलकारका संचालक राजेशबाबु श्रेष्ठले एक साता अघि नै स्तरोन्नतिको काम सकिएको बताउँदै सबै टावरको टेस्टिङ र कमिसनिङको काम भएको जानकारी दिए।



    उनका अनुसार गोन्डोलाको ग्रीप फेर्ने र चार वटा टावरको पार्ट्स फेर्ने काम भएको छ।



    कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार