काठमाडौँ । नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भइरहेको कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमले सफलताको सेलिब्रेशन गरेको छ ।
शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको हो ।
शोका निर्देशक विशाल भण्डारीले शुरूवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए ।
यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन् ।
यो शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन् ।
कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ ।
Leave a Reply