Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, १७ लाख आवेदकको हात खाली

    खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, १७ लाख आवेदकको हात खाली

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 861
    SHARES

    फाइल फोटो

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो ।

    सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।



    १७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् ।



    कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ लाख ३२ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा २ हजार कित्ता कर्मचारीका लागि र ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार