Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या, १५ घाइते

    क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या, १५ घाइते

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । घटनामा १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको छ ।

    चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीले जनाएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ ।



    उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन । उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ ।



    प्रहरीले सो क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार