काठमाडौं । दुई बर्षअघि ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका शाखा अधिकृत रामबाबु मण्डललाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका छन् ।
नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा देउवाले मण्डललाई सम्मान गरेका हुन् ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ३० मंसिर, २०७६ मा सेवाग्राहीसँग
५ लाख घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियारकोे टोलीले मण्डललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
Leave a Reply