Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • पाकिस्तानमा बाढी प्रभावितहरुमा देखिन थाल्यो स्वास्थ्य समस्या

    पाकिस्तानमा बाढी प्रभावितहरुमा देखिन थाल्यो स्वास्थ्य समस्या

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । बाढीबाट प्रभावित सिन्ध प्रान्तका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको हो । त्यहाँ गर्भवतीहरु बढी प्रभावित भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बाढीपछि ४७ हजारभन्दा धेरै गर्भवती आश्रय शिविरमा बस्न बाध्य छन् । सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढी पछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको जानकारी दिए ।



    यो प्रान्तमा १ लाख ३४ हजारभन्दा धेरैमा झाडापखाला र ४४ हजार जनामा मलेरिया देखिएको उनले बताए । बाढी पीडितमध्ये अहिलेसम्म एक लाखभन्दा धेरै जना चर्मरोगबाट पीडित छन् भने एक सयभन्दा बढी सर्पदंश र ५ सयभन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका स्थानीय सञ्चारमाध्यले जनाएका छन् ।



    पाकिस्तानमा आएको बाढीले झण्डै ३ करोड ३० लाख मानिसलाई असर गरेको छ भने दशौँ हजार विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार