Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

    मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पाँच दिन हिरासतमा रहने भएका छन् ।

    अभद्र व्यवहारमा मुद्दा चलाउन जिल्ला प्रकासन कार्यालय काठमाडौंले सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।



    उनलाई दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ । काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई त्यहाँ कार्यरत गरुण सेक्युरिटी कम्पनीका सुरक्षागार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए ।



    मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागार्ड गुरुङले लाइनमा बस्न भनेका थिए।

    तर त्यही कारण पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रीलाई भनेर ती गार्डलाई पक्राउ गर्न आग्रह गरेका थिए। गृहमन्त्री बालकृष्ण खाँणले कारबाही गर्न भनेपछि प्रहरी प्रधान कार्यालयले ती गार्डलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

    उनीमाथी प्रहरीले मुलुकी अपराध संहिताको अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । अपराध संहिताको दफा १ सय १८ मा कसैलाई अभद्र व्यवहार गर्न नहुने र गरेमा १ वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार