Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोटेश्वरका अनधिकृत संरचनामा पनि चल्यो बालेन डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनामा डोजर चलाएको छ ।

आइतबार साँझ महानगरको टोली डोजरसहित कोटेश्वर पुगेको हो । अहिले कोटेश्वर चोक क्षेत्रमा नियम मिचेर संरचना बनाएर व्यवसाय गर्नेहरूलाई महानगरले खाली गराइरहेको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चोक क्षेत्रमा ओभरल्यापिङ गरेर बनाइएका संरचना हटाइएको जानकारी दिए । यसअघि नै मेयर बालेन शाहले अनधिकृत संरचना नहटाए डोजर चलाउने बताएका थिए ।

तर, त्यस्ता संरचना नहटाइएपछि महानगरले आइतबार डोजर चलाएको हो । काठमाडौं महानगरपालिकाले यसअघि पनि नयाँ बानेश्वर, सुनधारा, न्युरोड लगायत क्षेत्रका अनधिकृत संरचना भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077