Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने, सहभागी भएर लाभ उठाउन सकिने

    नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने, सहभागी भएर लाभ उठाउन सकिने

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ ।

    आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो ।



    फ्री केमिकल पील सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् ।



    उनकाअनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् ।

    यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क हुनेछैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार