Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्र स्थापनाको नेतृत्व मैले गरेको हुँ : माधव नेपाल

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077