काठममाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विषय समय लिएर बोल्दै उनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्। उनले भने,'चुनावको घोषणपछि अब म संसद्मा आउँदिनँ, भत्ता पकाउनकै लागि आउँदिन भन्ने सोचेको थिएँ। '
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।
आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।