Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा सुरक्षागार्ड पक्राउ

    पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा सुरक्षागार्ड पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने सुरक्षागार्ड पक्राउ परेका छन् ।

    शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्‍ने सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनेको छ ।



    पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए ।  पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।

    तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । त्यसपछि विवाद भएको थियो । यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार