Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

    ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं  । मृगौला बेचेको आरोपमा पक्राउ परेका ४ जना कारागार चलान भएका छन् ।

    नुवाकोट छहरेका एक युवकलाई जबरजस्ती भारतको कलकत्ताको मुकुन्दपुर पुर्‍याएर उनको मिर्गौला बिक्री गरेको आरोपमा ४ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि कारागार पठाएको हो ।



    कारागार पठाइएकामा शिवपुरी गाउँपालिका–७ ४६ वर्षीय ‘बाँदरे’ भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार र ३० वर्षीय ‘सानु’ भन्ने सुवास नेपाली छन् ।



    नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको थियो ।

    उनीहरूले भारतको एउटा मःमः पसलमा मासिक ३० हजार पारिश्रमिक पाउने गरी जागिर लगाइदिने भन्दै पीडितलाई भारतको कलकत्ताको मुकुन्दपुरमा रहेको रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएका थिए ।

    अस्पताल पुर्‍याएपछि ती युवकलाई बेहोस बनाउने सुई लगाएर मिर्गौला निकालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार