Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चोलेन्द्रको बयान आज पनि हेर्दाहेर्दैमा, भदौ २५ मा फेरी लिइने

    चोलेन्द्रको बयान आज पनि हेर्दाहेर्दैमा, भदौ २५ मा फेरी लिइने

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 876
    SHARES

    काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २५ गते दिउँसो १२:३० बजे बयानका लागि फेरि बोलाएको छ।

    महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो ।



    आइतबार समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ।



    यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न  तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिएका छन्।

    आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताएका थिए।  संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

    प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार