Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्रले भने – विवेक प्रयोग गर्दा गल्ती भयो, जनतासमक्ष माफी माग्छु

    रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्रले भने – विवेक प्रयोग गर्दा गल्ती भयो, जनतासमक्ष माफी माग्छु

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 933
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकारेका छन् ।

    आइतबार रन्जन कोइरालाको फैसलाबारे सोधिएको प्रश्नमा उनले सजाय घटाउनु गल्ती भएको बताएका हुन् ।



    आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।



    उनले बयानको क्रममा भने, ‘यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि । पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ ।’

    राणाले कोइरालाको मुद्दामा २० बाट घटाएर ८ वर्षमा झारेका थिए ।  राणाले उक्त मुद्दामा आफुलाई पछुतो भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार