काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताएका छन्।
तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताएका हुन्।
उनले भने,’महाभियोग आरोप भ्रामक हो। सत्यता छैन। निर्थक छ।’
दायित्वबाट नचुकेको उनको भनाइ छ। उनले न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गरेका छन्।
उनले महाभियोग लगाएको साढे ६ महिना हुँदासम्म यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गरे। संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रशोधन साँध्न खोजेको आरोप लगाए।
Leave a Reply