काठमाडौँ । दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ ।
दसैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् ।
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ ।
सोही विषयलाई लक्षित गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङको व्यवस्था गरेका हुन्छन् । जुन व्यवस्थालाई यसपालि पनि निरन्तरता दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यसका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल भइरहेको उनको भनाइ छ ।
Leave a Reply