Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • लोकसेवाको परीक्षामा नाम र फोन नम्बर लेखेका २१ परीक्षार्थीलाई कारबाही

    लोकसेवाको परीक्षामा नाम र फोन नम्बर लेखेका २१ परीक्षार्थीलाई कारबाही

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 924
    SHARES

    काठमाडौं । प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने २१ जना परिक्षार्थी कारबाहीमा परेका छन् ।

    आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका-१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन् भने अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोेगले जनाएको छ ।



    आयोगका अनुसार शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही र अन्य २० जनालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार