Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान शुरू

    निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान शुरू

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तेस्रो दिन बयान सुरु भएको छ।

    प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा उनले तेस्रो दिनको बयान शुरू गरेका हुन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ।



    यसअघि समितिले भदौ १५ र १६ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।



    जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले गत बुधबारबाट बयान लिन सुरु गरेको हो।

    जबरासँग प्रश्न सोध्न बाँकी रहेकाले आज समिति बैठक पुन: बसेको हो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।

    जसमध्ये ६ वटा प्रश्नको मात्रै जबराले बयान दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार