काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सभामुखले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गर्नेछन्।
Leave a Reply