Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसक्यो : शंकर पोखरेल

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुनकारण यो जनताको सरकार नै होइन ।’

आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077