धनुषा । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो ।
पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको धनुषा कांग्रेसले जनाएको छ ।
Leave a Reply