Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा डाँका र प्रहरीबीच झडप : प्रहरीसहित दुई जना घाइते, ३ राउण्ड गोली चलाइयो

बारा । बारामा शनिबार राति चोरी गर्न आएको समूह र प्रहरीबीच झडप भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २३ मा रहेको एरोटेक प्रालिमा चोरी गर्न लागेको समूह र प्रहरीबीच झडप भएको हो ।

गएराती करिव १२ बजेको समयमा सो प्रालिमा चोरी भइरहेको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै चोरहरुको समूहले आक्रमण गरेको छ । सो आक्रमणमा परी प्रहरी सहित दुईजना घाईते भएका छन् । डाँकाहरुको समूहले प्रहरीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरिक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको वीरगञ्ज स्थित नेशनल हेल्थ केयरमा उपचार भइरहेको बताइएको छ । यस्तै चोरीमा संलग्न एकजना पनि घाइते भएका छन् । उनी सिमरा स्थित अल्पाईन अस्पतालमा उपचाररत छन् । घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोलि चलाएको थियो ।

डकैतिमा संलग्न व्यक्तिको साथबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई जनालाई पक्राउसमेत गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077