Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपतिसमक्ष पठाउने तयारी

    नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपतिसमक्ष पठाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय सभाबाट हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपतिसमक्ष पठाउने तयारी भएको छ ।

    आज बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो ।



    प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमा दिउँसो २ बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।



    यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता पठाएकी थिइन् । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

    अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार