Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेन भन्छन् - हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन्

काठमाडौं । काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र साह (बालेन)ले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, 'हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ ।

तर, हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।'

आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077