Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।

सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो ।

विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।

२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077