Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले आफ्नो पार्टीका नेताहरुलाई भने - कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुनू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई भोलि बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएका हुन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत सहभागी बैठकमा सभापति देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिए ।

'सिट बाँडफाँटमा हामी लचिलो हौँ, अरुलाई पनि भनौँ,' आन्तरिक छलफलमा देउवाले भने । गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन दिएको नेताहरुले बताए । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न पनि सभापति देउवाले निर्देशन दिएका छन् ।

गठबन्धनमा काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077