Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एयरपोर्टको भीआईपी कक्षबाटै भगाइएका रिजवानसँग दुर्गा प्रसाईको कनेक्सन , दुबईमा राजकुमारसँग भेटाउने पनि उनै रिजवान

    एयरपोर्टको भीआईपी कक्षबाटै भगाइएका रिजवानसँग दुर्गा प्रसाईको कनेक्सन , दुबईमा राजकुमारसँग भेटाउने पनि उनै रिजवान

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 2.3K
    SHARES

    काठमाडौं। दुबईबाट नेपाल उत्रनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भगाइएका रिजवान आलमसँग नेकपा एमालेका केन्द्रिय सदस्य तथा  झापाको बीएण्डबी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईसँग कनेक्सन रहेको खुलेको छ।

    प्रसाईलाई संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार जुमा अल मोक्तुमलेसँग दुबईमा उनै रिजवानले  भेटाएका थिए।



    रिजवान, प्रसाई र मोक्तुमले सँगै बसेको तस्बिर समेत अनलाइन नेपाललाई  प्राप्त भएको छ।



    जुन तस्बिरका कारण यूएईका राजकुमार मोक्तुमले बिबादमा तानिएका छन्।

    प्रसाईलाई मोक्तुमलेसँग मिटिङ गराएर रिजवानले दुबईका नेपालीहरुमाझ आफु ठुलो व्यक्ति रहेको धाक लगाउँदै आएका थिए। रिजवानले दुबईमा बिभिन्न बहानामा धेरै नेपालीहरुको रकम ठगेर सम्पर्कबिहिन हुने गरेको एक नेपालीको वताए।

    मोक्तुमले नेपाल भ्रमणमा रहेको बेला प्रसाईलाई सुनको लौरो उपहार दिएपछि उनीहरुबीचको सम्बन्धबारे चर्चा चुलिएको थियो।

    प्रसाई पछिल्लो समयमा प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुबिरुद्द सामाजिक सन्जालमा तथानाम गाली गरेर गर्दै आफुले गरिबहरुको सेवा गरेको भन्दै पष्टिकरण दिँदै आएका छन् ।

    करोडौ ठगीमा फरार सूचीमा रहेका रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत गुहारेको थियो ।

    ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका रिजवानलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले  हिजो भीआईपी कक्षबाट  भगाएका थिए।

    रिजवानको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो ।

    रिजवान नक्सालस्थित होटल मेरियटबाट पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार