Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मुस्लिम आयोगका अध्यक्षले भगाएका आलम मेरियटबाट पक्राउ

    मुस्लिम आयोगका अध्यक्षले भगाएका आलम मेरियटबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै फरार भएका रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो ।

    दुबईबाट आएका आलमलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विमानस्थलको भिआइपी कक्षको दुरुपयोग गरी भगाएका थिए। संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका सुनसरीका आलम शुक्रबार भीआईपी कक्षबाटै फरार भएका थिए ।



    दुबईबाट फर्किएका रिजवान आलम मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगै भीआईपी कक्षमा छिरेका थिए ।



    उनी आयोगका अध्यक्ष अन्सारीसँगै दुबईबाट स्वदेश फर्किएका थिए । शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो ।

    अध्यागमनले अराइभलको अनुमति नदिँदै पासपोर्ट त्यही छाडेर भगाइएको थियो।  रिजवानलाई मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आफ्नै गाडीमा राखेर त्यहाँबाट मेरियट होटल लगेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार