काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक पार्टी, नेता, व्यक्तिभन्दा जनताले विकास हेर्ने थालेको बताएका छन् ।
शनिबार भरतपुरमा नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले आमरुपमा पार्टी, नेता, व्यक्तिभन्दा पनि जनताले हेर्ने चाहिँ विकास नै भएको छ। समृद्धि नै भएको छ।’
राष्ट्र निर्माणको सन्दर्भमा राजनीतिक उतार चढावका बीच संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि
आफ्नो जोड स्थायित्वका साथै मुख्यतः विकास र समृद्धितिरै रहेको उनले बताए ।
Leave a Reply