काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आइतबार नेपाल आउँदै छन् । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उनी आइतबार काठमाडौं आइपुग्न लागेका हुन् ।
पाँचदिने भ्रमणमा उनले भारत सरकारले अघि ल्याएको अग्निपथ कार्यक्रम, सैन्य सहयोग र द्विपक्षीय सैन्य सम्बन्धका मुख्य तीन एजेन्डामा संवाद गर्ने बताइएको छ ।
नरेन्द्र मोदी सरकारले भारतीय सेनामा अघि सारेको अग्निपथ कार्यक्रम नेपालले स्थगन गरेको छ ।
नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित भएको हो । सेनाध्यक्ष पाण्डेको यो पहिलो नेपाल भ्रमण हो ।
Leave a Reply