Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय समिति बैठकले गगन थापाको नाम प्रतिनिधि सभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

कास्की क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भए पनि उनले आफू काठमाडौं ४ बाटै उमेदवार बन्ने स्पष्ट पारेका थिए ।

यस्तै समानुपातिकमा राजु श्रेष्ठ , कर्मा छिरिङ, ध्रुव थापा, सीता दाहाल, रोहित पौडेल, राजाराम कपाली र पुरुषोत्तम दाहालको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077