Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई रुसले भन्यो - युक्रेनलाई लामा दुरीका हतियार आपूर्ति नगर्नू

एजेन्सी । एकजना वरिष्ठ रुसी कूटनीतिज्ञले युक्रेनलाई लामा दुरीका हातहतियार आपूर्ति नगर्न अमेरिकालाई आग्रह गरेका छन् ।

रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले अमेरिकाले यसरी हतियार उपलब्ध गराएर युद्धमा आफ्नो प्रत्यक्ष संलग्नताको सन्तुलन मिलाइरहेको पनि बताएका छन् ।

साथै उनले यदि रुसले आफ्नो सार्वभौमिकतामा खतरा महसुस गरेको स्थितिमा सैन्य नीतिअनुसार आणविक हतियार प्रयोगबारे सोच्न सक्ने बताएका छन् ।

'यदि अमेरिकाले युक्रेनमा निरन्तर हतियार प्रवाह गरेको खण्डमा आउन सक्ने परिणामहरूबारे हामीले पटकपटक चेतावनी दिइसकेका छौँ । अमेरिकाले प्रभावकारी ढंगले आफूलाई युक्रेन युद्धको एक पक्ष भन्न सकिने स्थितिमा उभ्याइसकेको छ । रुसले आफ्ना लक्ष्य प्राप्ति नहुने बेलासम्म युक्रेनमा आक्रमण जारी राख्नेछ', सरकारी टेलिभिजनमा बोल्ने क्रममा र्‍याबकोभले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077