Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी तेल कम्पनीका अध्यक्षको रहस्यमय मृत्यु

एजेन्सी । रुसको विशाल तेल कम्पनी ल्युकोइलका अध्यक्ष राभिल मागानोभको राजधानी मस्कोस्थित एउटा अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको छ ।

कम्पनीले ६७ वर्षिय मागानोभको गम्भीर चोटका कारण निधन भएको पुष्टि गरेको छ । रहस्यात्मक परिस्थितिमा मृत्यु हुने रुसका उच्च पदस्थ व्यापारिक कार्यकारिणी अधिकारीमध्ये मागानोभ पछिल्लो व्यक्ति हुन् ।

अनुसन्धानरत निकायहरूले उनको मृत्यु कसरी भयो भन्ने वास्तविकता थाहा पाउन आफूहरू घटनास्थलमा कार्यरत रहेको बताएका छन् ।

रुसीय‍ समाचार एजेन्सी तासले भने उनी अस्पतालको छैँठो तलाको झ्यालबाट खसेको र उनले आत्महत्या गरेको बताएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको केही समय पछि नै ल्युकोइल बोर्डले यस दु:खद युद्धका पीडितहरूप्रति सहानूभूति जनाउँदै यथासम्भव छिटो द्वन्द्व अन्त्य गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077