Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • केन्याविरुद्ध नेपालको विजयी सुरुवात : आसिफले बनाए शतक, अर्जुनको अर्धशतक

    केन्याविरुद्ध नेपालको विजयी सुरुवात : आसिफले बनाए शतक, अर्जुनको अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो ।

    नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।



    यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए ।



    बलिङतर्फ नेपालको लागि सोमपाल कामी र करण केसीले समान ३/३ तथा आदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए । यस शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार