Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालले ५ हजार कार्यकर्तासँग १०-१० हजार चन्दा माग्ने

काठमाडौं । राप्रपा नेपालले कार्यकर्ताबाट १०-१० हजार रूपैयाँ चन्दा माग्ने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन राप्रपा नेपालले ५ हजार कार्यकर्ताबाट १०-१० हजारका दरले चन्दा संकलन गर्ने भएको छ।

शुक्रबार राजधानीमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निम्ति १००००×५००० अभियान कार्यान्वयन गर्ने निर्णय गरेको समितिका प्रमुख दमन बस्नेतले जानकारी दिए।

राप्रपा नेपालले सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवार उठाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077