Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयक जस्ताको तस्तै पठाउने काम राष्ट्रपतिको अपमान हो : गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेरमात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे ।

उनले प्रतिनिधिसभामा राष्ट्रपतिमाथि भएका टीकाटिप्पणीप्रति पनि आपत्ति जनाए।

‘त्यत्रो समय लगाएर उहाँले सन्देशसहित विधेयक फिर्ता गर्नुभयो तर त्यसलाई कलेजको विद्यार्थीले लेख्ने निबन्धजस्तो भनेर टिप्पणी गरियो, गौतमले भने, ‘राष्ट्रपतिप्रति गरिएको व्यवहार बदलाको भावनाले प्रेरित छ।’

उनले पुनर्विचारका लागि फिर्ता आएको विधेयकमा परिवर्तन नगरी हुबहु पास गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने उनको भनाइ छ।

राष्ट्रपतिले सन्देशमा उठाएका कुनै पनि बुँदा बेठिक नरहेको उनले बताए । ‘त्यसमा हामीले पुनर्विचार गर्नु पर्थ्यो । जसरी प्रतिनिधिसभामा पारित भयो, यहाँ पनि त्यसरी नै पास हुने देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077