Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पहिलो एकदिवसीयमा केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

    पहिलो एकदिवसीयमा केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ ।

    नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।



    पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए ।  राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए ।



    कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले । केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे ।

    बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए । यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–२ ले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार