Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा अध्यक्ष र चिनियाँ पार्टीका नेता याङ्गबीच ‘भर्चुअल’ वार्ता

    राष्ट्रियसभा अध्यक्ष र चिनियाँ पार्टीका नेता याङ्गबीच ‘भर्चुअल’ वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 987
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ्ग याङ्गबीच भर्चुअल माध्ययमबाट वार्ता भएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल व्यूरोका स्थायी कमिटी सदस्यसमेत रहेका याङ्गबीच शुक्रबार भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले आगामी १६ अक्टोबरमा हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना व्यक्त गरे ।



    सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे ।



    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आजको भर्चुअल बैठकले थप मजबुद बनाउने विश्वास लिएको बताए ।

    वाङ सन् २०१७ अगस्टमा नेपाल भ्रमणमा आएका थिए । उता चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष चान्सु यही भदौ २७ गतेदेखि तीन दिने नेपाल भ्रमणमा आउँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार