काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०)ले एसइई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।
भदौं ११ र १२ गते परीक्षा सञ्चालन भई परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसइई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका थिए । ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो ।
Leave a Reply