काठमाडौं । राष्ट्रिय सभामा नेपाल नागरिकता विधेयक- २०७९ माथि दोस्रो दिन छलफल सुरु भएको छ। नेपाल नागरिकता विधेयक (पहिलो संशोधन)-२०७९ माथि बिहीबारबाट छलफल सुरु भएको हो।
छलफलमा भाग लिने सांसदहरुको बोल्नेक्रम नसकिएपछि आजका लागि बैठक बोलाइएको हो।
विधेयकमाथि छलफल सकिएपछि आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि प्रतिनिधि सभाले विधेयक जस्ताको त्यस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो।
Leave a Reply