Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 726
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समिति पठाएको छ ।

    शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’दफावार छलफलका लागि संसदीय समिति पठाएको हो।



    प्रतिनिधि सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।



    सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार