Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमान र श्रीमती दुवै उम्मेदवार हुने नियम खारेज गरौं : कांग्रेस सांसद लामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीपछिरीङ लामाले श्रीमान् र श्रीमती दुवैजना उम्मेदवार भएको अवस्थामा दुवैको उम्मेदवारी खारेज हुनेगरी ऐन संशोधनको माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद लामाले श्रीमान् प्रत्यक्ष उम्मेदवार भए श्रीमती समानुपातिक र श्रीमती प्रत्यक्ष भए श्रीमान् समानुपातिकमा बस्ने प्रचलनले कार्यकर्ताको योगदानको अवमूल्यन भएको भन्दै ऐनमै संशोधनको माग गरेका हुन् ।

सांद लामाले भने, ‘श्रीमान् र श्रीमती दुवैजनाले एकैपटक टिकट नपाउने गरी नियमावली संशोधन गरौं । अब श्रीमान् र श्रीमती दुवै उम्मेवदार भए खारेज गर्ने नियम बनाउनुपर्छ । नत्र कार्यकर्ताको त्यागको अर्थ नहुने भयो ।’

आयोगले नियमावली संशोधन गरेर श्रीमान र श्रीमती दुबैजनाले उम्मेदवार पाउने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077