सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र सबै नेता प्रचण्ड हुन खोजेपछि चुनाव हारेको बताएका छन् ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको उनले बताए । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबा सन्तुष्ट हुन नसकिने बताए ।
उनले भने, ‘प्रचण्डको नेतृत्वमा मा़ओवादी एउटै छ तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो।’
उनले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए ।
Leave a Reply