काठमाडौं । चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएको छ।
चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् ।
उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए ।
गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए ।
Leave a Reply