वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि १० वटै जिल्लाबाट नेता, कार्यकर्ताहरु राजधानी वीरेन्न्द्रनगरमा आएका छन् । बुधबार र बिहीबार पनि माओवादीले कार्यकर्ता भेला गरेर बृहत् छलफल गरेको छ ।
Leave a Reply