काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमवारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् ।
मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्त्वपूर्ण कार्य गर्न बाँकी रहेको उल्लेख गर्दै उनले बाघ सम्मेलनमा सहभागी हुन नसक्ने भन्दै भ्रमण रद्द गरेका उनको स्वकीय सचिवालयले जनाएको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक’को नेतृत्व मन्त्री यादवले गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले मन्त्री यादवसहित मन्त्रालयका सचिव डा.प्रेमनारायण कँडेल र निकुञ्ज विभागका निवर्तमान महानिर्देशक रामचन्द्र कँडेलको भ्लादिभोस्तक भ्रमण स्वीकृत गरेको थियो ।
Leave a Reply